विश्व ब्यापी नेतृत्व सिप विकाश तालीम सञ्चालन

विश्व ब्यापी नेतृत्व सिप विकाश तालीम सञ्चालन

इन्टरनेशनल स्टांनडरड आइकनले इमर्जिंग गोलवल लीडरशिप तालीम शनिबार सम्पन्न गरेको छ । क्यानाडा ,थाईल्याण्ड र नेपालका प्रशिक्षक रहेको सो कार्यक्रम बिभिन्न सरकारी , गैर सरकारी , ब्यवसायिक र सामाजिक संघ संस्थामा संलग्न करिव ७० जना सहभागी रहेका थिए ।

थाईल्याण्डबाट राम चन्द्रन , क्यानाडाबाट कार्ल , नेपालबाट सृजना श्रेष्ठ , भावेश खनाल र ब्यवस्थापन इथिक्सका प्रशिक्षक कृष्ण खनाल सहजकर्ता रहनुभएको थियो ।
तालीम बिभिन्न क्षेत्रमा ब्यवस्थापनको तहमा क्रियाशिल सहभागी लक्षित गरेर आयोजना गरिएको आयोजक संस्थाका निर्देशक राज ढकालले बताउनु भयो ।
काठमाण्डौको र्याडीसन होटलमा चलिरहेको तालीममा ब्यवस्थापनको विस्वब्यापी अवधारणा, स्वजागरण ,ब्यवस्थापनमा आध्यात्मिकता, प्रभावकारी समूह निर्माण र सहकार्य, जोखिम ब्यवस्थापन, क्षमता पहिचान आदि विषयमा तालीम प्रदान गरिएको छ ।

आफैलाई पहिचान गरौ भन्ने अवधारणाका साथ आयोजना गरिएको यो तालीम अन्य समयमा अरु स्थानमा पनी निरन्तर चलने आयोजक संस्थाकी संस्थापक निर्देशक सृजना श्रेष्ठ ले बताउनु भयो ।
इन्टरनेशनल स्टांनडरड आइकनको थाईल्याण्डको यसियन इंस्टीट्यूट अफ टेक्निलोजी, कर्पोरेट ट्रेनिंग ब्यांकक आदी संस्थासंग आवद्धता रहेको छ ।

Leave a Reply